१ तिमोथी 6:6-10

१ तिमोथी 6:6-10 NNRV

सन्‍तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो। किनकि हामीले न त यस संसारमा केही ल्‍यायौं न यहाँबाट केही लैजान नै सक्‍छौं। तर खान र लाउनसम्‍म छ भने हामी त्‍यसैमा सन्‍तुष्‍ट हुनेछौं। तर धनी हुने इच्‍छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्‍छन्‌ र धेरै अर्थहीन र दुःखदायी इच्‍छाहरूमा डुब्‍छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्‌। किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌।