१ तिमोथी 6:11-12

१ तिमोथी 6:11-12 NNRV

तर परमेश्‍वरका जन तिमीले यी सबै त्‍याग, र धार्मिकता, भक्ति, विश्‍वास, प्रेम, स्‍थिरता र नम्रताको लक्ष्य राख। विश्‍वासको उत्तम लड़ाइँ लड़। अनन्‍त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्‍थितिमा तिम्रो विश्‍वासको असल साक्षी दिएका थियौ।