मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोबर आदरका योग्य हुन्छन्, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्। किनभने पवित्रशास्त्र भन्छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ।” दुई वा तीन साक्षीको गवाहीबाहेक एल्डरको विरुद्धमा लाएको आरोप कहिल्यै स्वीकार नगर। पापमा लागिरहनेहरूलाई सबैका सामु हप्काऊ, र यसरी अरूहरू पनि डराउनेछन्। परमेश्वर र ख्रीष्ट येशूको सामु र चुनिएका स्वर्गदूतहरूका सामु म तिमीलाई कड़ा आज्ञा दिन्छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर। कसैमाथि हात राख्ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख। अघिजस्तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर। कुनै-कुनै मानिसका पापहरू त सोझै इन्साफमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन्। त्यसै गरी असल कामहरू त प्रत्यक्ष हुन्छन्, र जो प्रत्यक्ष छैनन्, ती पनि गुप्तमा रहन सक्दैनन्।
१ तिमोथी 5 पढ्नुहोस्
सुन्नुहोस् १ तिमोथी 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ तिमोथी 5:17-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू