हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञाअनुसार ख्रीष्ट येशूको प्रेरित पावलबाट, विश्वासमा मेरो साँचो बालक तिमोथीलाई: परमेश्वर पिता र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह, कृपा र शान्ति मिलोस्। म माकेडोनिया जाँदा तिमीलाई आग्रह गरेझैँ तिमी एफिससमै बस, र झूटा शिक्षा सिकाउने मानिसहरूलाई त्यसो नगर्नू भनी कड़ा आज्ञा देऊ। र तिनीहरू अनुमानका कुराहरू मात्र बढ़ाउने दन्त्य-कथाहरू र नटुङ्गिने वंशावलीहरूतिर नलागून्, बरु विश्वासमा रहेको ईश्वरीय तालीमतिर लागून्। हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ। कुनै-कुनै मानिसहरू यी सबबाट बरालिएर फोस्रा तर्कहरूमा अलमलिएका छन्। तिनीहरू व्यवस्थाका शिक्षक हुने इच्छा गर्छन्, तर आफैले बोलेका कुरा अथवा आफूले किटान गरेर भनेका कुरा तिनीहरू आफै बुझ्दैनन्। हामी जान्दछौं कि यदि कसैले उचित रूपले पालन गर्यो भने व्यवस्था असल छ। हामी यो पनि जान्दछौं कि व्यवस्था असल मानिसको निम्ति होइन, तर व्यवस्था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूका निम्ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूका निम्ति, ज्यानमाराहरूका निम्ति, व्यभिचारीहरूका निम्ति, पुरुषगामीहरूका निम्ति, अपहरणकारीहरूका निम्ति, झूटा बोल्नेहरूका निम्ति, झूटा गवाही दिनेहरूका निम्ति, र सत्य सिद्धान्तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्ति हो। यो मलाई सुम्पिएका परमधन्य परमेश्वरको महिमित सुसमाचारअनुसार छ।
१ तिमोथी 1 पढ्नुहोस्
सुन्नुहोस् १ तिमोथी 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ तिमोथी 1:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू