१ थेसलोनिकी 5:14-24

१ थेसलोनिकी 5:14-24 NNRV

भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्‍छौं कि अल्‍छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ। याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्‍टा गर। सधैँ आनन्‍दित रहो। निरन्‍तर प्रार्थना गरिरहो। सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो। पवित्र आत्‍मालाई ननिभाओ। अगमवाणीलाई तुच्‍छ नठान। सबै कुराको जाँच गर। जुन कुरा असल छ त्‍यसैमा दृढ़ रहो। सबै किसिमका खराबीबाट अलग बस। शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन्, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून्‌। तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्‍य हुनुहुन्‍छ, उहाँले यो गर्नु नै हुनेछ।

१ थेसलोनिकी 5:14-24 को लागि पद छवि

१ थेसलोनिकी 5:14-24 - भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्‍छौं कि अल्‍छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ। याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्‍टा गर।
सधैँ आनन्‍दित रहो। निरन्‍तर प्रार्थना गरिरहो। सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।
पवित्र आत्‍मालाई ननिभाओ। अगमवाणीलाई तुच्‍छ नठान। सबै कुराको जाँच गर। जुन कुरा असल छ त्‍यसैमा दृढ़ रहो। सबै किसिमका खराबीबाट अलग बस।
शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन्, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून्‌। तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्‍य हुनुहुन्‍छ, उहाँले यो गर्नु नै हुनेछ।