अन्त्यमा भाइहरू, प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्छौं र अर्ती दिन्छौं, कि तिमीहरूले कसरी जिउनु र परमेश्वरलाई प्रसन्न तुल्याउनुपर्छ भन्ने तिमीहरूले हामीबाट सिक्यौ र त्यसो गर्दै पनि छौ, त्यसैमा तिमीहरू झन् बढ्दैजाओ। किनकि तिमीहरूलाई थाहा छ हामीले प्रभु येशूद्वारा कुन-कुन आदेशहरू तिमीहरूलाई दियौं। किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस। पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान, तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस। यस विषयमा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्, किनकि यस्ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्भीर चेताउनी दिएका छौं। किनकि परमेश्वरले हामीलाई अशुद्धताको निम्ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ। यसैकारण जसले यस कुराको अवहेलना गर्छ त्यसले मानिसको होइन, तर परमेश्वरको अवहेलना गर्छ, जुन परमेश्वरले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ।
१ थेसलोनिकी 4 पढ्नुहोस्
सुन्नुहोस् १ थेसलोनिकी 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ थेसलोनिकी 4:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू