१ थेसलोनिकी 1:1-3

१ थेसलोनिकी 1:1-3 NNRV

पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई: अनुग्रह र शान्‍ति। हाम्रा प्रार्थनाहरूमा तिमीहरूको निरन्‍तर स्‍मरण गर्दै हामी परमेश्‍वरलाई तिमीहरू सबैका निम्‍ति धन्‍यवाद दिन्‍छौं। हाम्रा परमेश्‍वर पिताको सामुन्‍ने हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्‍तर सम्‍झन्‍छौं।