१ शमूएल 8:7-9

१ शमूएल 8:7-9 NNRV

तब परमप्रभुले शमूएललाई यसो भन्‍नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्‌। तिनीहरूले तँलाई इन्‍कार गरेका होइनन्‌। तिनीहरूले मलाई नै इन्‍कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्‍ना राजा बनाउन इन्‍कार गरेका हुन्‌। मिश्रदेशबाट तिनीहरूलाई ल्‍याएको दिनदेखि तिनीहरूले मलाई जे-जसो गरे अब तिनीहरूले तँलाई त्‍यसै गरिरहेका छन्‌। तिनीहरूले मलाई त्‍यागेर अरू देवताहरूको पूजा गरेका छन्‌। तिनीहरूले अब के भन्‍दैछन्‌ सो सुन्, तर तिनीहरूलाई गम्‍भीर चेताउनी दिएर बताइदे कि राजाले तिनीहरूमाथि कस्‍तो शासन गर्नेछन्‌।”