१ शमूएल 8:4-9

१ शमूएल 8:4-9 NNRV

यसकारण इस्राएलका सबै धर्म-गुरुहरू भेला भई रामामा शमूएलकहाँ आए। तिनीहरूले तिनलाई भने, “तपाईं अब वृद्ध हुनुभयो, अनि तपाईंका छोराहरू तपाईंका चालमा हिँड्‌दैनन्‌। यसकारण अरू जातिहरूजस्‍तै हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गरिदिनुहोस्‌।” तर शासनको निम्‍ति राजाको माग सुनी शमूएल दु:खी भए, तिनले परमप्रभुसित प्रार्थना गरे। तब परमप्रभुले शमूएललाई यसो भन्‍नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्‌। तिनीहरूले तँलाई इन्‍कार गरेका होइनन्‌। तिनीहरूले मलाई नै इन्‍कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्‍ना राजा बनाउन इन्‍कार गरेका हुन्‌। मिश्रदेशबाट तिनीहरूलाई ल्‍याएको दिनदेखि तिनीहरूले मलाई जे-जसो गरे अब तिनीहरूले तँलाई त्‍यसै गरिरहेका छन्‌। तिनीहरूले मलाई त्‍यागेर अरू देवताहरूको पूजा गरेका छन्‌। तिनीहरूले अब के भन्‍दैछन्‌ सो सुन्, तर तिनीहरूलाई गम्‍भीर चेताउनी दिएर बताइदे कि राजाले तिनीहरूमाथि कस्‍तो शासन गर्नेछन्‌।”