राजाको माग राख्ने मानिसहरूलाई परमप्रभुले भन्नुभएका सबै कुरा शमूएलले बताइदिए। तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजा यस्ता किसिमका हुनेछन्: उनले तिमीहरूका छोराहरूलाई आफ्ना रथहरू र घोड़चढ़ीहरूसँग काम गर्न लाउनेछन्, र तिनीहरूलाई आफ्ना रथहरूका अगिअगि दौड़िन लाउनेछन्। कसै-कसैलाई उनले हजार-हजार र पचास-पचासका दलहरूमा अधिकारी नियुक्त गर्नेछन्। अरूहरूले चाहिँ उनका खेत खनजोत गर्नेछन् र फसल काट्नेछन्। फेरि अरूहरूले चाहिँ उनका लड़ाइँका हतियारहरू र घोड़सवारहरूका अस्त्रशस्त्र बनाउनेछन्। उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खानेकुरा पकाउने र रोटी बनाउने कामको निम्ति लानेछन्। उनले तिमीहरूका सबैभन्दा असल खेतहरू, दाखबारी र भद्राक्षका बारीहरू लगेर आफ्ना नोकर-चाकरहरूलाई दिनेछन्। आफ्ना पदाधिकारी र नोकर-चाकरहरूलाई दिनका निम्ति उनले तिमीहरूका अन्नको र दाखको फसलको दशौँ अंश लानेछन्। उनले तिमीहरूका कमारा-कमारीहरू, र तिमीहरूका सबैभन्दा असल गाई-भैँसीहरू र गधाहरूलाई लगेर आफ्नै काममा चलाउनेछन्। उनले तिमीहरूका भेड़ाबाख्राहरूका बथानको दशौँ भाग लानेछन्, अनि तिमीहरू आफै पनि उनका कमारा हुनेछौ। त्यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्ति तिमीहरू कराउनेछौ, तर त्यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।” तर मानिसहरूले शमूएलको कुरा सुन्न इन्कार गरे। तिनीहरूले भने, “होइन, हामीमाथि राजा हुनैपर्छ। तब हामीलाई शासन गर्ने र लड़ाइँ गर्न लैजाने राजा पाउँदा हामी अरू जातिहरूजस्तै हुनेछौं।” मानिसहरूले भनेका कुरा सुनेपछि शमूएलले परमप्रभुको अगि दोहोर्याए। अनि उहाँले यस्तो जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुराअनुसार गर्, र तिनीहरूका निम्ति एक जना राजा नियुक्त गर्।” तब शमूएलले इस्राएलका सबै मानिसहरूलाई आ-आफ्नो घरमा पठाइदिए।
१ शमूएल 8 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 8:10-22
७ दिन
बडा दिन परमेश्वरले हाम्रो उद्धारको निम्ति ख्रीष्टलाई पठाएर हाम्रो लागि गर्नुभएका सबै कुराहरूलाई फर्केर हेर्ने र विचार गर्ने उत्तम समय हो। तपाईंले यो भक्ति पत्र पढ्दा, म प्रार्थना गर्दछु कि तपाईंले आफ्नो उद्धारको सम्झना गर्नुहुनेछ र नयाँ वर्षमा आत्मविश्वास साथ हिड्नु हुनेछ कि उहाँले तपाईंलाई सबै कुराबाट उद्धार गर्नुहुनेछ जुन तपाईंलाई अगाडिको बाटोमा हिंड्न आवश्यक छ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू