जब शमूएल वृद्ध भए तब तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्ता नियुक्त गरे। तिनको जेठा छोराको नाउँ योएल र माहिलाको नाउँ अबिया थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे। तर तिनका छोराहरू आफ्ना पिताका चालमा हिँड़ेनन्, तर उनीहरू आफ्नै लाभको मात्र विचार गरी घूस लिएर न्याय भ्रष्ट गर्थे। यसकारण इस्राएलका सबै धर्म-गुरुहरू भेला भई रामामा शमूएलकहाँ आए। तिनीहरूले तिनलाई भने, “तपाईं अब वृद्ध हुनुभयो, अनि तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। यसकारण अरू जातिहरूजस्तै हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गरिदिनुहोस्।” तर शासनको निम्ति राजाको माग सुनी शमूएल दु:खी भए, तिनले परमप्रभुसित प्रार्थना गरे। तब परमप्रभुले शमूएललाई यसो भन्नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्। तिनीहरूले मलाई नै इन्कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्ना राजा बनाउन इन्कार गरेका हुन्।
१ शमूएल 8 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 8:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू