तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिक्लगमा पुगे। त्यस बेला अमालेकीहरूले नेगेव र सिक्लग लूटपीट गरेका थिए। सिक्लगमा आक्रमण गरेर उनीहरूले त्यसलाई आगो लगाइदिएका थिए। उनीहरूले स्त्रीहरू र त्यसमा भएका साना-ठूला सबै जनालाई नमारीकनै लगेका थिए। उनीहरूले यिनीहरूलाई अगिअगि लाउँदैगएका थिए। जब दाऊद र तिनका मानिसहरू सिक्लगमा आइपुगे, तब तिनीहरूले सहरलाई आगोले भस्म पारेको र तिनीरूहका पत्नीहरू र छोराछोरीहरूलाई लगिसकेका देखे। यसर्थ दाऊद र तिनीसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन। दाऊदका दुवै पत्नी, यिजरेल अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेल पनि कैदमा लगिएकाहरूमध्ये थिए। आ-आफ्ना छोराछोरीहरू लगिएका हुनाले मानिसहरूले दु:ख मानेर दाऊदलाई ढुङ्गाले हान्ने धम्की दिन लागे। दाऊद अन्योलमा परे। तब दाऊदले परमप्रभु आफ्ना परमेश्वरबाट बल पाए।
१ शमूएल 30 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 30
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 30:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू