नाबालले दाऊदका जवानहरूलाई यो उत्तर दियो, “दाऊद को हो? यो यिशैको छोरो को हो? हिजोआज धेरै कमाराहरू आफ्ना मालिकदेखि भागेर जान्छन्। मेरो खानेकुरा, मेरो दाखमद्य र मेरा ऊन कत्रनेहरूका लागि जुटाएका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु?” दाऊदका मानिसहरू फर्केर आफ्नो बाटो लागे, र दाऊदलाई यी सब कुरा बताइदिए। दाऊदले आफ्ना मानिसहरूलाई भने, “सबैले आ-आफ्नो तरवार भिर।” तिनीहरू सबैले आ-आफ्नो तरवार भिरे, र दाऊदले पनि आफ्नो तरवार भिरे। प्राय: चार सय जना दाऊदको पछि लागे, र अरू दुई सय जनाचाहिँ मालसामान हेर्नलाई बसे। नाबालको कुनै एक जना सेवकले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले मरुभूमिबाट हाम्रा मालिकलाई नम्रतापूर्वक अभिवादन दिनलाई मानिसहरू पठाएका थिए, तर उहाँले त तिनीहरूको अपमान गर्नुभयो। तर ती मानिसहरूले हामीलाई राम्रो व्यवहार देखाएका थिए, र हामीलाई सताएनन्, र हामी तिनीहरूसँग खुला मैदानमा यताउता जाँदा हामीले हाम्रो कुनै चीज हराएनौं। जब हामी आफ्ना भेड़ाहरू चराउन जान्थ्यौं, तब तिनीहरू रातदिन हाम्रा चारैतिर पर्खालजस्तै थिए। अब तपाईंले के गर्नुपर्छ सो राम्रो विचार गर्नुहोस्, किनभने हाम्रा मालिक र उहाँका सबै परिवारमाथि निश्चय नै सर्वनाश आउँदैछ। उहाँ यति दुष्ट मानिस हुनुहुन्छ कि उहाँसँग त कुरै गर्नु पनि फाइदा छैन।”
१ शमूएल 25 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 25
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 25:10-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू