जब शाऊल पलिश्तीहरूलाई खेदेर फर्के, तब दाऊद एन-गदीको मरुभूमिमा छन् भनी उनले थाहा पाए। यसकारण उनी जम्मै इस्राएलबाट चुनिएका तीन हजार मानिस लिएर दाऊद र तिनका मानिसहरूलाई खोज्न घोरल-पहराको नजिक हिँड़े। त्यहाँ बाटोको छेउमा केही भेड़ा-गोठहरू थिए, छेवैमा एउटा गुफा थियो। त्यसैको पल्लो कुनामा दाऊद र तिनका मानिसहरू लुकेर बसिरहेका थिए। शाऊल त्यस गुफामा आएर दिसा बस्नलाई भित्र पसे। दाऊदका मानिसहरूले तिनलाई भने, “दिन यही हो जसको बारेमा परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि उहाँले हजूरको शत्रुलाई हजूरको हातमा सुम्पिदिनुहुन्छ, र हजूरलाई जे इच्छा लाग्छ त्यो गर्न सक्नुहुन्छ।” दाऊद बिस्तार गएर शाऊलको खास्टोको एक छेउ काटे। तर तिनले उनका खास्टोको छेउ काटेकोमा तिनको विवेकले तिनलाई सतायो। दाऊदले आफ्ना मानिसहरूलाई भने, “मैले आफ्ना मालिक, परमप्रभुका अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्। किनकि उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्छ।” यसैले दाऊदले आफ्ना मानिसहरूलाई हप्काए, र राजामाथि केही हानि गर्न दिएनन्। शाऊल उठेर गुफा छोड़ी आफ्नो बाटो लागे।
१ शमूएल 24 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 24:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू