१ शमूएल 23:12-13

१ शमूएल 23:12-13 NNRV

फेरि दाऊदले सोधे, “के कीलाहका नगरवासीहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्‍पिदिनेछन्‌?” परमप्रभुले जवाफ दिनुभयो, “अवश्‍य, तिनीहरूले त्‍यसै गर्नेछन्‌।” यसकारण दाऊदले आफ्‍ना प्राय: छ सय जना मानिसहरूलाई लिएर झट्टै कीलाह छोड़े, र एक ठाउँदेखि अर्को ठाउँ घुम्‍न लागे। दाऊद कीलाहबाट भागेको समाचार जब शाऊलकहाँ पुग्‍यो तब उनी त्‍यहाँ अगि बढ़ेनन्‌।