१ शमूएल 21:1-2

१ शमूएल 21:1-2 NNRV

दाऊद नोबमा अहीमेलेक पूजाहारीकहाँ गए। तिनलाई भेट्‌दा अहीमेलेक कामे र भने, “तपाईं किन एकलै आउनुभयो? किन तपाईंसँग कोही छैन?” दाऊदले अहीमेलेकलाई भने, “म राजाको हुकुम लिएर आएको छु। उहाँले खटाउनुभएको कामको बारेमा अथवा यी हुकुम के हुन्‌ भनी मैले कसैलाई थाहा दिनुहुँदैन। जब म मेरा मानिसहरूबाट बिदा भएँ तब मैले तिनीहरूलाई अमुक ठाउँमा भेट्‌नू भनी भने।