जोनाथनले दाऊदलाई भने, “दाऊद, परमप्रभु इस्राएलका परमेश्वरको दृष्टिमा म यो प्रतिज्ञा गर्दछु, कि पर्सि यही बेला म मेरा बुबाको मन छाम्नेछु। यदि उहाँको मन तपाईंप्रति राम्रै रहेछ भने म तपाईंलाई थाहा दिन्नँ र? तर यदि मेरा बुबाले खराबी नै सोच्नुभएको रहेछ भने, अनि मैले तपाईंलाई थाहा दिइनँ र तपाईंलाई कुशलसित भगाइनँ भने परमप्रभुले मलाई त्यसभन्दा पनि बढ़ी गरून्। परमप्रभु मेरा बुबासँग हुनुभएझैँ तपाईंसँग पनि होऊन्। तर म बाँचुञ्जेल परमप्रभुले झैँ तपाईं ममाथि कृपा देखाउनुहोस्, र मलाई नमारिओस्। तपाईं मेरो घरानाप्रति दया गर्न कहिल्यै नछोड्नुहोस्। परमप्रभुले पृथ्वीबाट दाऊदका सबै शत्रुहरूलाई पन्साइसक्नुभए तापनि यो दया नछुटोस्।” यसरी जोनाथनले दाऊदको परिवारसँग यसो भनी वाचा बाँधे, “परमप्रभुले दाऊदका सबै शत्रुहरूको लेखा लिऊन्।” अनि जोनाथनले दाऊदलाई जोनाथनप्रतिको तिनको प्रेमको कारणले तिनको शपथ पुनर्पुष्टि गर्न लगाए, किनभने तिनले जोनाथनलाई आफैलाई झैँ प्रेम गर्थे।
१ शमूएल 20 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 20:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू