दाऊदलाई मार्नू भनी शाऊलले आफ्ना छोरा जोनाथन र आफ्ना सबै भारदारहरूलाई भने। तर जोनाथनचाहिँ दाऊदलाई मन पराउँथे। आफ्ना पिता शाऊलले तिनलाई मार्ने मौका हेर्दैछन् भनी जोनाथनले दाऊदलाई बताइदिए। उनले भने, “भोलि बिहान होशियार बस्नुहोस् र लुकेर रहनुहोस्। म बाहिर निस्केर आउनेछु, र तपाईं हुनुभएको खेतमा मेरा पितासँग भेट गर्नेछु, र उहाँसँग तपाईंको विषयमा कुरा गर्नेछु। केही पत्ता लाग्यो भने म तपाईंलाई बताइदिनेछु।” जोनाथनले आफ्ना पिता शाऊललाई यसो भने, “हजूर, आफ्ना दास दाऊदलाई अनर्थ नगर्नुहोस्। तिनले तपाईंको विरुद्धमा केही खराबी गरेका छैनन्। तिनले गरेका कामबाट तपाईंलाई फाइदा भएको छ। त्यस पलिश्तीलाई मार्दाखेरि तिनले आफ्नो ज्यान खतरामा हालेका थिए। परमप्रभुले इस्राएललाई ठूलो विजय दिनुभयो, र त्यो त तपाईंले नै देख्नुभयो, र त्यस रमाहटमा तपाईं पनि सहभागी हुनुभयो। एउटा निर्दोष मानिसलाई तपाईं किन खराबी गर्नुहुन्छ, किन केही कारणविना दाऊदलाई मार्नुहुन्छ?” शाऊलले जोनाथनको कुरा सुने, र यो शपथ खाएर भने, “परमप्रभु जीवित हुनुभएझैँ, दाऊद मारिनेछैन।”
१ शमूएल 19 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 19:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू