शाऊल दाऊदसँग डराउन लागे, किनभने परमप्रभु दाऊदसँग हुनुहुन्थ्यो, तर शाऊललाई उहाँले छोड़िसक्नुभएको थियो। यसैकारण उनले दाऊदलाई आफ्नो दरबारबाट अलग गरेर एक हजार मानिसहरूका सेनानी नियुक्त गरिदिए। दाऊदले आफ्ना मानिसहरूलाई धावामा लगे, र परमप्रभु तिनीसँग हुनुभएको हुनाले आफूले जिम्मा लिएका सबै काममा तिनी सफल भए। जब शाऊलले तिनलाई यसरी सफल भएका देखे तब उनी दाऊदसँग डराए। सबै इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने तिनी रणभूमिमा तिनीहरूका अगुवा भएर जान्थे।
१ शमूएल 18 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 18:12-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू