दाऊदले शाऊलसँग बातचीत गरिसकेपछि, जोनाथन दाऊदसँग आत्मामा एक भए, र आफूलाई झैँ तिनलाई प्रेम गर्न लागे। त्यस दिनदेखि शाऊलले दाऊदलाई आफूसित राखे, र आफ्ना बुबाको घरमा फेरि फर्किजान दिएनन्। जोनाथनले दाऊदलाई आफैलाई झैँ प्रेम गरेका हुनाले, जोनाथनले तिनीसँग एउटा करार बाँधे। तब जोनाथनले आफूले लाएका खास्टो र लबेदा फुकाले, र ती दाऊदलाई आफ्नो तरवार, धनु र पेटीसमेत दिए।
१ शमूएल 18 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 18:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू