दाऊदले शाऊलसँग बातचीत गरिसकेपछि, जोनाथन दाऊदसँग आत्मामा एक भए, र आफूलाई झैँ तिनलाई प्रेम गर्न लागे। त्यस दिनदेखि शाऊलले दाऊदलाई आफूसित राखे, र आफ्ना बुबाको घरमा फेरि फर्किजान दिएनन्। जोनाथनले दाऊदलाई आफैलाई झैँ प्रेम गरेका हुनाले, जोनाथनले तिनीसँग एउटा करार बाँधे। तब जोनाथनले आफूले लाएका खास्टो र लबेदा फुकाले, र ती दाऊदलाई आफ्नो तरवार, धनु र पेटीसमेत दिए। शाऊलले पठाएको जुनसुकै काममा पनि दाऊद यति सफल भए कि शाऊलले तिनलाई आफ्नो सेनाको उच्च पदमा नियुक्त गरे। यसरी दर्जा बढ़ेकामा साधारण मानिसहरू र शाऊलका अधिकृतहरू पनि प्रसन्न भए। जब दाऊदले पलिश्तीहरूलाई ध्वंस गरेर मानिसहरू फर्किरहेका थिए, तब स्त्रीहरू इस्राएलका सबै सहरबाट निस्के, अनि तिनीहरू सितार र खैँजड़ी बजाउँदै, गाउँदै र नाच्दै शाऊल राजालाई भेट्न आए। स्त्रीहरू आनन्दित भएर यसो भनेर गाउँदथे: “शाऊलले हजारौँ हजारलाई ध्वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्वंस गरे।” शाऊल साह्रै रिसाए, र ती शब्दहरूले उनलाई चोट लाग्यो। उनले भने, “दाऊदको निम्ति तिनीहरूले लाखौँ लाख ठहराए, तर मलाई चाहिँ हजारौँ मात्र। अब तिनलाई राजा तुल्याउनु मात्र त बाँकी रह्यो।” त्यस दिनदेखि उसो शाऊलले दाऊदलाई डाहको दृष्टिले हेर्न लागे। भोलिपल्ट परमेश्वर तर्फको एउटा हानिकारक आत्माले शाऊललाई पक्र्यो। उनी घरैमा अगमवाणी बोलिरहेका थिए। दाऊदले अघिझैँ शाऊलको निम्ति वीणा बजाउँदैथिए। शाऊलको हातमा आफ्नो भाला थियो। “दाऊदलाई भित्तैमा उनिदिन्छु” मनमनै भन्दै त्यो हाने, तर दाऊद दुवै पल्ट तर्के। शाऊल दाऊदसँग डराउन लागे, किनभने परमप्रभु दाऊदसँग हुनुहुन्थ्यो, तर शाऊललाई उहाँले छोड़िसक्नुभएको थियो। यसैकारण उनले दाऊदलाई आफ्नो दरबारबाट अलग गरेर एक हजार मानिसहरूका सेनानी नियुक्त गरिदिए। दाऊदले आफ्ना मानिसहरूलाई धावामा लगे
१ शमूएल 18 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 18:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू