तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्। मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ।” तब यिशैले अबीनादाबलाई बोलाए, र शमूएलको सामुन्ने हिँड्न लाए। तर शमूएलले भने, “होइन, परमप्रभुले यिनलाई पनि चुन्नुभएको होइन।” तब यिशैले शम्मालाई हाजिर गराए। तर शमूएलले भने, “परमप्रभुले यिनलाई पनि चुन्नुभएको होइन।” यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको अगि हाजिर गराए, तर तिनले भने, “परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्नुभएको छैन।” तब शमूएलले सोधे, “के सबै यति नै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त भेड़ा चराउँदैछ।” शमूएलले यिशैलाई भने, “त्यसलाई बोलाऊ। ऊ नआउञ्जेल हामी बस्नेछैनौं।” यसकारण यिशैले तिनलाई ल्याउनलाई मानिस पठाए। तिनी राता-राता गाला चम्किला आँखा भएका सुन्दर युवक थिए। परमप्रभुले भन्नुभयो, “उठेर त्यसलाई अभिषेक गर्। व्यक्ति यही हो।”
१ शमूएल 16 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 16:7-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू