उनका सेवकहरूमध्ये एक जनाले भन्यो, “बेथलेहेमका यिशैका छोराहरूमध्ये एक जनाले वीणा बजाएको मैले देखेको छु। तिनी वीर मानिस छन्, र असल योद्धा, बोल्नमा ज्ञानी, र सुन्दर पनि छन्। अनि परमप्रभु तिनीसँग हुनुहुन्छ।” यसैकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए, र भेड़ा चराउने तिनका छोरा दाऊदलाई शाऊलकहाँ पठाउने हुकुम गरे। यिशैले एक मशक दाखमद्य र एउटा पाठोसमेत रोटीले लादिएको गधा आफ्नो छोरा दाऊदसँग शाऊलकहाँ पठाइदिए। दाऊद शाऊलकहाँ आए, र उनको सेवामा नियुक्त गरिए। शाऊलले तिनलाई खूबै प्रेम गर्न लागे, र तिनी शाऊलका हतियार बोक्ने भए।
१ शमूएल 16 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 16:18-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू