यसै बीचमा शमूएलले इस्राएलीहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला हुनलाई बोलाए, र तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याएँ। तिमीहरूलाई सताउने मिश्रीहरू र सबै राज्यहरूबाट मैले तिमीहरूलाई मुक्त गरें। तर तिमीहरूका सबै दु:ख र कष्टदेखि बचाउनुहुने आफ्ना परमेश्वरलाई तिमीहरूले आजको दिन इन्कार गर्यौ। तिमीहरूले यसो भन्यौ, ‘होइन, हामीमाथि एक जना राजा नियुक्त गर्नुहोस्।’ यसकारण अब परमप्रभुको सामुन्ने कुल-कुल र वंश-वंश गरी आ-आफ्नै स्थानमा जम्मा होओ।” तब शमूएलले इस्राएलका सबै कुललाई हाजिर गराए, र गोला हाल्दा बेन्यामीनको कुल चुनियो। तब तिनले बेन्यामीनको कुलका वंश-वंश गरी हाजिर गराए, अनि मत्रीको वंश चुनियो। अन्त्यमा कीशका छोरा शाऊल चुनिए। तर जब मानिसहरूले उनलाई खोजे तब उनलाई भेट्टाउन सकेनन्। फेरि तिनीहरूले परमप्रभुलाई सोधे, “के त्यो मानिस यहाँ छ?” परमप्रभुले जवाफ दिनुभयो, “त्यो त्यहाँ सामानहरूका बीचमा लुकिरहेको छ।” तिनीहरू दौड़ेर गई उनलाई लिएर आए, अनि जब उनी मानिसहरूका बीचमा उभिए तब सबै मानिस उनको कुमभन्दा होचा थिए। शमूएलले मानिसहरूलाई भने, “परमप्रभुले चुन्नुभएको मानिसलाई हेर। यस जम्मै जातिमा उनीजस्तै अरू कोही छैन।” तब ती मानिसहरूले नारा लगाएर कराए, “राजा दीर्घायु होऊन्।” तब शमूएलले मानिसहरूलाई राजाका कामकाजको विषयमा बताइदिए, र तिनले त्यो एउटा कागतमा लेखेर परमप्रभुको सामुन्ने राखिदिए। त्यसपछि तिनले मानिसहरूलाई आ-आफ्नो घर जान बिदा गरे। शाऊल पनि गिबामा आफ्नो घरमा गए, अनि केही योद्धाहरू जसले परमेश्वरद्वारा प्रेरणा पाएका थिए उनीसँग गए। तर त्यहाँ कति जना बदमाशहरू पनि थिए, जसले भने, “यस मानिसले हामीलाई कसरी मुक्त गराउन सक्ला र?” उनीहरूले शाऊलको केही वास्ता गरेनन्, र उनको निम्ति केही सौगात पनि ल्याएनन्। तर शाऊलले केही भनेनन्।
१ शमूएल 10 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 10:17-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू