शमूएलले एक ढुँग्रो तेल लिएर शाऊलको शिरमा खन्याइदिए, अनि उनलाई चुम्बन गरेर भने, “परमप्रभुले तपाईंलाई आफ्नो प्रजा इस्राएलमाथि राजा अभिषेक गर्नुभएको छ। आज जब तपाईं मसित बिदा भएर जानुहुन्छ, तब तपाईंले बेन्यामीनको सिमानामा भएको राहेलको चिहाननेर सेल्सहमा दुई जना मानिस भेट्टाउनुहुनेछ। तिनीहरूले तपाईंलाई यसो भन्नेछन्, ‘तपाईंले खोजिरहनुभएका गधाहरू फेला परे। अनि तपाईंका पिताले तिनका निम्ति फिक्री गर्न छोड़ेर तपाईंको निम्ति सुर्ता गरी “अब मेरो छोराको लागि म के गरूँ?” भनी बारम्बार भन्दैहुनुहुन्छ’। “त्यहाँबाट तबोरको ठूलो रूखसम्म पुग्दा त्यहाँ बेथेलमा परमेश्वरको आराधना गर्न गइरहेका तीन जना मानिसले तपाईंलाई भेट्टाउनेछन्। तीमध्येको पहिलाले तीन वटा पाठा, दोस्राले तीन वटा रोटी र तेस्राले एक मशक दाखमद्य बोकेर लगिरहेका हुनेछन्। तिनीहरूले तपाईंलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। ती तपाईंले लिनुहुनेछ। “यसपछि तपाईं परमेश्वरको गिबा जानुहुनेछ, जहाँ पलिश्तीहरूको चौकी छ। जसै तपाईं सहरको नजिक पुग्नु हुनेछ, तपाईंले डाँड़ाको थानबाट ओर्लिरहेका अगमवक्ताहरूको एक दल अगिअगि खैँजड़ी, बाँसुरी र वीणा बजाउँदैआइरहेको भेट्टाउनुहुनेछ, अनि तिनीहरूले अगमवाणी बोलीरहेका हुनेछन्। तब परमप्रभुका आत्मा शक्तिसित तपाईंमा उत्रनुहुनेछ, र तपाईं पनि तिनीहरूसित अगमवाणी बोल्नुहुनेछ, अनि तपाईं अर्कै मानिसमा बद्लिनुहुनेछ।
१ शमूएल 10 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 10:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू