१ शमूएल 1:4-7

१ शमूएल 1:4-7 NNRV

बलिदान चढ़ाएको दिन एल्‍कानाले आफ्‍नी पत्‍नी पनिन्‍नाह र यिनका सबै छोराछोरीहरूलाई भेटीको भाग दिन्‍थे, तर हन्‍नाहलाई दोबर भाग दिन्‍थे, किनभने एल्‍कानाले तिनलाई प्रेम गरे, र परमप्रभुले तिनको गर्भ रोक्‍नुभएको थियो। तिनका छोराछोरी नभएका हुनाले हन्‍नाहकी सौताले तिनलाई दु:ख दिने र खसालेर कुरा गर्ने गर्थिन्‌। साल-सालै यस्‍तो हुन्‍थ्‍यो। जब हन्‍नाह परमप्रभुको भवनमा जान्‍थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्‍जेल इख्‍याउँथिन्‌।