जब तिनले दूध छोड़ाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा तीन वर्षे साँढ़े, पाँच पाथी पीठो र एक मशक दाखमद्य लिएर त्यो बालक सानै भए तापनि त्यसलाई शीलोमा परमप्रभुको भवनमा ल्याइन्। उनीहरूले त्यस साँढ़ेलाई मारेर त्यस ठिटालाई एलीकहाँ ल्याए। हन्नाहले उनलाई भनिन्, “हजूर, तपाईंको जीवनको शपथ खाएर म भन्दछु कि म त्यही स्त्री हुँ, जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईंको छेउमा यहाँ उभिएकी थिई। यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिएँ, अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो। अब यसलाई परमप्रभुकहाँ नै म अर्पण गर्दछु। त्यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिएको हुनेछ।” अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे।
१ शमूएल 1 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 1:24-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू