१ शमूएल 1:17-19

१ शमूएल 1:17-19 NNRV

एलीले भने, “शान्‍तिसित जाऊ, अनि इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊन्।” हन्‍नाहले भनिन्, “म तपाईंको दयाको योग्‍य हुन सकूँ।” त्‍यसपछि तिनी गइन्‌ र केही खानेकुरा खाइन्, अनि तिनी फेरि उदास भइनन्‌। भोलिपल्‍ट तिनीहरू बिहानै उठे, र परमप्रभुलाई दण्‍डवत्‌ गरेर आफ्‍नो घर रामामा फर्के। आफ्‍नी पत्‍नी हन्‍नाहसित एल्‍कानाको सहवास भयो, र परमप्रभुले हन्‍नाहलाई सम्‍झनुभयो।