१ शमूएल 1:13-17

१ शमूएल 1:13-17 NNRV

हन्‍नाह मनमनै प्रार्थना गरिरहेकी थिइन्, अनि तिनका ओठ चले तापनि सोरचाहिँ सुनिँदैनथ्‍यो। एलीले तिनी मातेकी स्‍त्री हो भनी ठाने। अनि उनले तिनलाई भने, “तिमी कहिलेसम्‍म यस नशामा रहन्‍छ्यौ? मद्य त्‍यागिदेऊ।” तिनले जवाफ दिइन्, “यस्‍तो होइन, मेरा प्रभु!” म ठूलो पीरमा परेकी स्‍त्री हुँ। मैले कुनै मद्य पिएकी छैनँ। म त परमप्रभुको सामु मेरो मनको दु:ख पोखिरहिछु। हजूर, मलाई यस्‍तो नीच नठान्‍नुहोला। मेरो दु:ख र कष्‍ट ज्‍यादा भएको कारण म प्रार्थना गरिरहिछु।” एलीले भने, “शान्‍तिसित जाऊ, अनि इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊन्।”