१ पत्रुस 5:6-9

१ पत्रुस 5:6-9 NNRV

यसकारण परमेश्‍वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्‍याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ। सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ। विश्‍वासमा दह्रिला भएर त्‍यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्‍तै कष्‍टको अनुभव गरिरहनुपरेको छ।