१ पत्रुस 5:1-7

१ पत्रुस 5:1-7 NNRV

ख्रीष्‍टका कष्‍टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्‍डरको हैसियतले तिमीहरूमध्‍येका एल्‍डरहरूलाई म आग्रह गर्दछु। तिमीहरूको रेखदेखमा राखिएको परमेश्‍वरका बगालको हेरचाह गर। करले होइन तर स्‍वेच्‍छाले, धनको लोभले होइन तर उत्‍साहसाथ, तिमीहरूको जिम्‍मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्‍ति उदाहरण भएर। र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्‍त गर्नेछौ। त्‍यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्‍त्र धारण गर। किनभने, “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।” यसकारण परमेश्‍वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्‍याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।