तर जीवित र मृतकहरूका न्याय गर्न तत्पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ। यसैकारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, ताकि तिनीहरूले मानिसहरूजस्तै शरीरमा इन्साफ पाए तापनि आत्मामा तिनीहरू परमेश्वरजस्तै जिऊन्। सबै कुराको अन्त्य नजिकै आएको छ। यसकारण आफ्ना प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरहो। सबैभन्दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्। किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ। विनागनगन एउटाले अर्काको अतिथिसत्कार गर। जसले जस्तो वरदान पाएको छ, परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारेझैँ ती एक-अर्काको निम्ति प्रयोग गर। यदि कसैले बोल्दछ भने, परमेश्वरको वचन बोलेजस्तै त्यसले बोलोस्। यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको शक्तिद्वारा त्यसले त्यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरलाई नै प्रशंसा होस्। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्। आमेन। प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्तै तिमीहरू छक्क नपर। तर ख्रीष्टका कष्ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक।
१ पत्रुस 4 पढ्नुहोस्
सुन्नुहोस् १ पत्रुस 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ पत्रुस 4:5-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू