प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्तै तिमीहरू छक्क नपर। तर ख्रीष्टका कष्ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक। यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित भयौ भने तिमीहरू धन्यका हौ। किनभने महिमाका र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ। तर तिमीहरूमध्ये कसैले पनि हत्यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्नेले झैँ दुःख नभोग। तर कसैले ख्रीष्टियान भएको कारण दुःख भोग्दछ भनेता उसले लाज नमानोस, तर त्यही नाउँमा उसले परमेश्वरलाई महिमा देओस्।
१ पत्रुस 4 पढ्नुहोस्
सुन्नुहोस् १ पत्रुस 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ पत्रुस 4:12-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू