१ पत्रुस 3:1-4

१ पत्रुस 3:1-4 NNRV

पत्‍नी हो, तिमीहरू पनि आफ्‍ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्‍ना पत्‍नीहरूको आचरणले गर्दा शब्‍दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्‍छ। तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्‍दा तिनीहरूको परिवर्तन हुनेछ। केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌। तिमीहरूका भित्री हृदयलाई भलो र शान्‍त आत्‍माको अविनाशी रत्‍नले सजाओ, जो परमेश्‍वरको दृष्‍टिमा साह्रै मूल्‍यवान्‌ छ।