१ पत्रुस 2:7-8

१ पत्रुस 2:7-8 NNRV

यसकारण तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूका निम्‍ति त उहाँ बहुमूल्‍य हुनुहुन्‍छ, तर विश्‍वास नगर्नेहरूका निम्‍ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो।” र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ।” किनकि तिनीहरू वचन उल्‍लङ्घन गर्छन्‌ र लोट्‌छन्‌। तिनीहरूका निम्‍ति यस्‍तै हुन तोकिएको थियो।