१ पत्रुस 2:20-24

१ पत्रुस 2:20-24 NNRV

किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्‍नुपर्दा धैर्यसँग सहन्‍छौ भने यो परमेश्‍वरमा ग्रहणयोग्‍य हुन्‍छ, किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ। “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।” तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्‍नुहुँदा उहाँले धम्‍की दिनुभएन। तर उचित न्‍याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्‍नुभयो। हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।