१ पत्रुस 1:5-7

१ पत्रुस 1:5-7 NNRV

आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्‍ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्‍ति तिमीहरूले विभिन्‍न किसिमका कष्‍ट भोग्‍नुपर्दछ। आगोबाट खारिने तर नष्‍ट भएर जाने सुनभन्‍दा पनि तिमीहरूको विश्‍वास मूल्‍यवान्‌ छ। तिमीहरूको यो विश्‍वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्‍य बनोस्‌।

१ पत्रुस 1:5-7 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति