१ पत्रुस 1:13-16

१ पत्रुस 1:13-16 NNRV

यसकारण आफ्‍नो मन बाँध, संयमी होओ र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख। आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्‍थाका कुइच्‍छाहरूमा तिमीहरू अब नलाग। तर तिमीहरूलाई बोलाउनुहुने जस्‍तो पवित्र हुनुहुन्‍छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”