१ राजाहरू 19:1-4

१ राजाहरू 19:1-4 NNRV

अब एलियाले गरेका सबै काम र तिनले सबै अगमवक्ताहरूलाई तरवारले मारेको कुरो आहाबले ईजेबेललाई सुनाइदिए। यसकारण ईजेबेलले एलियाकहाँ यसो भनेर एउटा समाचारवाहक पठाइन्, “जसरी तैंले उनीहरूको प्राण लिइस्, त्‍यसरी नै भोलि यही बेलासम्‍म तेरो प्राण पनि मैले लिइनँ भने, देवताहरूले मलाई त्‍यस्‍तै वा त्‍योभन्‍दा बढ़ी व्‍यवहार गरून्‌।” एलिया डराए, र आफ्‍नो प्राण बचाउनलाई भागे। जब तिनी यहूदाको बेर्शेबामा पुगे, तब तिनले आफ्‍नो चाकरलाई त्‍यहीँ छाड़े, र आफूचाहिँ मरुभूमिमा एक दिनको बाटो गए। तिनी अम्रिसको एउटा झाड़ीमा आइपुगे, र त्‍यसमुनि बसेर आफ्‍नो मृत्‍युको निम्‍ति प्रार्थना गर्न लागे। तिनले भने, “हे परमप्रभु, मेरो प्राण लिनुहोस्, मैले पूरै भोगिसकें। म त मेरा पिता-पुर्खाहरूभन्‍दा असल छैनँ!”