१ राजाहरू 18:41-44

१ राजाहरू 18:41-44 NNRV

अनि एलियाले आहाबलाई भने, “गएर खानपान गर्नुहोस्, किनभने म ठूलो झरी आइरहेको सुन्‍दैछु।” तब आहाब खानपान गर्न गए, तर एलियाचाहिँ कर्मेल डाँड़ाको टाकुरामा चढ़े, र त्‍यहाँ तिनले भूइँमा निहुरेर आफ्‍नो टाउको घुँड़ाहरूका बीचमा राखे। तिनले आफ्‍नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्‌।” त्‍यसले गएर हेर्‍यो। त्‍यसले भन्‍यो, “त्‍यहाँ केही छैन।” एलियाले सात पल्‍ट त्‍यसलाई “गएर हेर्‌” भने। सातौँ पल्‍टमा चाकरले भन्‍यो, “मान्‍छेको हात जत्रो एउटा बादल समुद्रबाट उठ्‌दैछ।” तब एलियाले त्‍यसलाई भने, “गएर आहाबलाई भन, ‘आफ्‍नो रथ तयार गरेर तल गइहाल्‍नुहोस्, नत्रता तपाईंलाई पानीले रोक्‍नेछ’।”