धेरै समयपछि तेस्रो वर्षमा परमप्रभुको यो वचन एलियाकहाँ आयो: “गएर आहाबकहाँ तँ आफै उपस्थित हो, र म देशमा वृष्टि पठाउनेछु।” यसैले एलिया आहाबकहाँ आफै उपस्थित हुनलाई गए। त्यस बेला सामरियामा घोर अनिकाल परेको थियो, र आहाबले आफ्नो राजमहलका जिम्मावाल ओबदियालाई बोलाइपठाए। (ओबदिया परमप्रभुका एक भक्त विश्वासी थिए। जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई हत्या गरिरहेकी थिइन्, तब ओबदियाले एक सय जनालाई लिएर तिनीहरूलाई अन्नपानी दिएर पचास-पचास गरी दुई ओड़ारमा लुकाइराखेका थिए।)
१ राजाहरू 18 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 18:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू