तब त्यस स्त्रीले एलियालाई भनी, “हे परमेश्वरका जन, तपाईंको मेरो विरुद्धमा के छ? के तपाईं यहाँ मेरो पाप सम्झाएर मेरो छोरालाई मार्न आउनुभएको हो?” एलियाले जवाफ दिए, “तिम्रो छोरो यहाँ मलाई देऊ।” एलियाले त्यसलाई त्यस स्त्रीका हातबाट लिएर आफू बसेको माथिल्लो कोठामा लगे, र त्यसलाई आफ्नो ओछ्यानमा राखे। त्यसपछि तिनले परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्वर, के म जसकहाँ बसेको छु त्यसको छोरालाई मारेर त्यस विधवामाथि यो विपत्ति तपाईंले ल्याउनुभएको हो?” तब तिनी तीन पल्ट त्यस बालकमाथि लमतन्न पस्रे, र परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्वर, फेरि यस बालकको जीवन यसमा फर्कोस्।” परमप्रभुले एलियाको पुकारा सुन्नुभयो, र त्यसमा जीवन फर्क्यो र त्यो बाँच्यो। एलियाले बालकलाई उठाएर कोठाबाट तल घरमा लगे। त्यसकी आमालाई तिनले दिएर यसो भने, “हेर त, तिम्रो छोरो जिउँदैछ।” तब त्यस विधवाले एलियालाई भनी, “अब मलाई यो थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ, र तपाईंको मुखबाट निस्केको परमप्रभुको वचन सत्य रहेछ।”
१ राजाहरू 17 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 17:18-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू