१ राजाहरू 16:30-34

१ राजाहरू 16:30-34 NNRV

ओम्रीका छोरा आहाबले आफ्‍ना अघिका सबै राजाहरूभन्‍दा परमप्रभुको दृष्‍टिमा अझ बढ़ी दुष्‍ट्याइँ गरे। नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्‌न तिनको निम्‍ति कम भएजस्‍तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, र बाल देवताको सेवा गरेर त्‍यसलाई पुज्‍न लागे। सामरियामा तिनले बनाएको बालको मन्‍दिरमा बालको निम्‍ति एउटा वेदी बनाए। आहाबले अशेरा देवीको मूर्ति पनि खड़ा गरे, र तिनले आफ्‍ना अघिका इस्राएलका सबै राजाहरूभन्‍दा बढ़ी परमप्रभु इस्राएलका परमेश्‍वरलाई रीस उठाउने काम गरे। आहाबको समयमा बेथेलका हीएलले यरीहोलाई पुनर्निर्माण गरे। त्‍यसको जग बसाल्‍दा तिनको जेठो छोरो अबीरामको मृत्‍यु भयो, र त्‍यसका मूल ढोकाहरू बनाउँदा तिनको कान्‍छो छोरो सगूबको मृत्‍यु भयो। यसरी परमप्रभुले नूनका छोरा यहोशूद्वारा भन्‍नुभएको वचन पूरा भयो।