यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। तिनले इस्राएलमा दुई वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे, र इस्राएललाई तिनका पिताले गर्न लाएका पापमा चलेर तिनकै चालमा तिनी हिँड़े। इस्साखारको घरानाका अहियाहका छोरा बाशाले तिनको विरुद्धमा षड्यन्त्र रचे, र नादाब र सबै इस्राएलले घेरिराखेको पलिश्तीहरूको सहर गिब्बतोनमा तिनलाई हिर्काएर मारे। यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, र तिनीपछि राजा भए। तिनी राजा हुने बित्तिकै तिनले यारोबामका जम्मै परिवारलाई मारे। यारोबामको कुनै जीवित प्राणीलाई तिनले छोड़ेनन्, तर तिनीहरू जम्मैलाई सर्वनाश गरे। यसरी आफ्ना दास शीलोका अहियाहद्वारा भन्नुभएको परमप्रभुको वचन पूरा भयो। यारोबामले गरेका पापहरू र तिनले इस्राएललाई गर्न लाएका पापहरूको कारण, र तिनले परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाएको कारण यो भएको थियो। नादाबको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? आफ्ना सारा राजकालभरि नै आसा र इस्राएलका राजा बाशाका बीचमा युद्ध भइरह्यो। यहूदाका राजा आसाको तेस्रो वर्षमा अहियाहका छोरा बाशा तिर्सामा सारा इस्राएलका राजा भए, र तिनले चौबीस वर्ष राज्य गरे। यारोबामकै चालहरूमा चलेर, र तिनले इस्राएलीहरूलाई गर्न लाएका पापहरू गरेर तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थिए ती गरे।
१ राजाहरू 15 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 15:25-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू