१ यूहन्‍ना 5:11-15

१ यूहन्‍ना 5:11-15 NNRV

गवाहीचाहिँ यही हो, कि परमेश्‍वरले हामीलाई अनन्‍त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ। जससँग पुत्र हुनुहुन्‍छ, त्‍यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्‍यससँग जीवन हुँदैन। तिमीहरूले अनन्‍त जीवन पाएका छौ भन्‍ने कुरा जान भन्‍ने हेतुले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने तिमीहरूलाई यो पत्र लेख्‍दैछु। परमेश्‍वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्‍छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्‍नुहुन्‍छ। हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्‍वरले सुन्‍नुहुन्‍छ भनी हामी जान्‍दछौं भने, यो पनि जान्‍दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्‍यो हामीलाई प्राप्‍त भएको छ।