साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्। जो धार्मिकतामा चल्छ, ऊ धर्मी हो, जस्तो उहाँ धर्मी हुनुहुन्छ। जसले पाप गर्छ त्यो दियाबलसको हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो। परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्वभाव त्यसमा रहन्छ, र त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो। परमेश्वरको सन्तान को हो र दियाबलसको सन्तान को हो, यसैबाट प्रष्ट हुन्छ— जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन, र त्यो व्यक्ति पनि होइन, जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन।
१ यूहन्ना 3 पढ्नुहोस्
सुन्नुहोस् १ यूहन्ना 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ यूहन्ना 3:7-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू