१ यूहन्‍ना 3:16-23

१ यूहन्‍ना 3:16-23 NNRV

प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्‍ति आफ्‍नो प्राण दिनुभयो र हामीले पनि आफ्‍ना दाजुभाइहरूका निम्‍ति आफ्‍नो प्राण दिनुपर्छ। कसैसित संसारको धन-सम्‍पत्ति छ, र पनि आफ्‍ना दाजुभाइलाई खाँचोमा परेको देख्‍दा उनीहरूप्रति आफ्‍नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्‍यसमा वास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं। यसैबाट हामी जान्‍न सक्‍छौं कि हामी सत्‍यका हौं, र यसरी उहाँको सामुन्‍ने हाम्रा हृदयलाई ढाड़स दिन सक्‍छौं। जब हाम्रो हृदयले हामीलाई दोष दिन्‍छ, हामी जान्‍दछौं परमेश्‍वर हाम्रो हृदयभन्‍दा महान्‌ हुनुहुन्‍छ, र उहाँले सब कुरा जान्‍नुहुन्‍छ। प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्‍वरको सामुन्‍ने हामीलाई साहस हुन्‍छ। अनि हामी जे माग्‍छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं। अनि उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम हामीले एक अर्कोलाई प्रेम गर्नुपर्छ।