१ यूहन्‍ना 2:18-22

१ यूहन्‍ना 2:18-22 NNRV

ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्‍ट विरोधी आइरहेछ भन्‍ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्‍ट विरोधी आएका छन्‌। यसकारण हामी जान्‍दछौं, कि यो आखिरी घड़ी हो। तिनीहरू हामीबाट निस्‍केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्‌। यदि ती हाम्रा हुँदा हुन्‌ त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन्‌ भन्‍ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्‍केर गएका हुन्‌। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ। तिमीहरू सत्‍यलाई जान्‍दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्‍यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु। झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो।