१ कोरिन्थी 9:24-25

१ कोरिन्थी 9:24-25 NNRV

के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्‍त गर्ने किसिमले दौड। खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्‍मसंयमी हुनुपर्छ। तिनीहरू नष्‍ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।