किनभने म मानिसहरूबाट स्वतन्त्र भए तापनि अझ धेरैलाई जित्न सकूँ भनेर मैले आफैलाई सबैको दास तुल्याएँ। यहूदीहरूलाई जितूँ भनेर यहूदीहरूका निम्ति म यहूदीजस्तै बनें। व्यवस्थाको अधीनमा रहनेहरूलाई जितूँ भनेर म आफै व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएकाहरूका निम्ति व्यवस्थाकै अधीनमा रहेजस्तै भएँ। व्यवस्थाको बाहिर हुनेहरूलाई जित्न सकूँ भनेर म आफै परमेश्वरको व्यवस्थाबाट बाहिर नभई तर ख्रीष्टको व्यवस्थाको अधीनमा रही व्यवस्थाको बाहिर हुनेहरूझैं बनें। दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्ति म सब थोक बनें। सुसमाचारका आशिष्हरूको सहभागी हुन सकूँ भनेर सुसमाचारकै खातिर म यी सब थोक गर्दछु।
१ कोरिन्थी 9 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 9:19-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू